दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम बुधबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
उक्त विधेयक संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भएपछि प्रमाणीकरणका लागि संसद् सचिवालयले राष्ट्रपतिसमक्ष पठाएको थियो। राष्ट्रिय सभाबाट उत्पत्ति भएको उक्त विधेयक गत जेठ ४ गते प्रतिनिधिसभाबाट पारित भएको थियो।
४ असार २०८२, बुधवार १७:११ बजे प्रकाशित













