काँग्रेस सुदूरपश्चिमका महामन्त्री मनु शाह परिवारका सदस्यसहित भारतमा दुर्घटनामा परी घाइते

धनगढी । नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु भारतमा दुर्घटनामा परि घाइते भएका छन् । भारतको खिरी जिल्लाको खुटारमा सवारी  दुर्घटनामा परी शाहसहित परिवारका ६  सदस्य घाइते भएका हुन् । घाइते शाहसहित ६ जनाकै अवस्था खतरामुक्त रहेको छ ।

शाहजहाँपुरस्थित सरकारी अस्पतालमा उपचाररत शाहको अवस्था अहिले खतरामुक्त रहेको चिकित्सकले बताएको भारतको पलियास्थित स्थानीय समाजसेवी रवी गुप्ताले बताए ।

गुप्ताका अनुसार खुटारमा दुर्घटनामा घाईते भएका ६ जनामध्ये तीन जनालाई थप उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनाको भने खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो । शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।
दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो ।

बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । दुर्घटना लगत्तै घटनास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, उनकी पत्नी र बहिनीलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको हो। शाहकी छोरी, आमा र ज्वाईको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ।

शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए ।


१४ वैशाख २०८२, आइतवार १६:४१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु