घोडाघोडीमा बस दुर्घटना

धनगढी । कैलालीको घोडाघोडीमा बस दुर्घटना भएको छ । बिहिबार बिहान सुपप्र ००१ ख ३३८५ नम्बरको बस घोडाघोडी नगरपालिका – २ साडेपानी नजिकै दुर्घटना भएको हो ।

काठमाण्डौ देखि बझाङ गइरहेको बस दुर्घटना हुँदा ५ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटना भएको जनाइएको छ ।

 


११ वैशाख २०८२, बिहीवार १२:३८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु