धनगढीको किराना पसलमा आगलागी
धनगढी । धनगढीको एक किराना पसलमा आगलागी भएको छ ।
धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी बस्ने महेन्द्र शाहीले संचालन गरेको भैरव गोसारी किराना पसलमा बिद्युतको तार सर्ट भई मंगलवार आगलागी भएको हो ।
आगलागी हुँदा पसल भित्र रहेका काउण्टर, किराना लगायतका सामान गरी अन्दाजी मुल्य ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
२० चैत २०८१, बुधवार १६:१२ बजे प्रकाशित































