punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२०२५ को पहिलो सूर्यग्रहण आज लाग्दै, कहाँ–कहाँबाट देखिनेछ ? 

Chaupati
safha napa

काठमाडौं । सन् २०२५ को पहिलो सूर्यग्रहण आज लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यो खण्डग्रास सूर्यग्रहण हो । यो सूर्यग्रहण नेपालमा भने लाग्नेछैन ।

नेपाली समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण साँझ ६ बजेर २८ मिनेटमा सकिनेछ ।

“यो खण्डग्रास सूर्यग्रहण हो । नेपालमा लाग्ने छैन । नेपालबाट देखिने पनि छैन,” नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बाह्रखरीसँग भने, “अहिले प्रविधिको समय भएकाले क्यामेराबाट खिचेर लाइभ गर्ने भएकाले नेपालबाट हेर्न सकिए पनि नेपाली भूभागबाट भने देखिने छैन ।”

भारतबाट पनि यो सूर्यग्रहण नदेखिने उनले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार युरोप, नर्थ एसियामा रसियाका केही स्थान, नर्थ अफ्रिका, वेष्ट अफ्रिका र उत्तरी अमेरिकाका केही देशबाट भने देख्न सकिनेछ । क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट देख्न सकिनेछ ।
“नेपालमा नलाग्ने भएकाले सांस्कृतिक र धार्मिकरूपमा पनि यसको केही प्रभाव पर्ने छैन,” अध्यक्ष भट्टराईले भने, “नेपालबाट नदेखिने भएपछि सूर्यग्रहण लाग्दा गर्न हुने र नहुने केही कुरा गर्नु पनि पर्दैन ।”

कसरी हुन्छ, के हो सूर्यग्रहण ?
चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यग्रहण देखिन्छ । पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको हुन्छ । सोहीक्रममा चन्द्रमाको छाया परेको ठाउँमा अध्याँरो वा अन्धकार हुन्छ, यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

चन्द्रमा हरेक महिना पृथ्वी र सूर्यको बीचमा आउने भए पनि सूर्यग्रहण हुन विशेष अवस्था मिल्नुपर्छ ।


१६ चैत २०८१, शनिवार ०६:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु