punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चिसापानी-राजकाडा जालपादेवी केबलकार उद्योगमा दर्ता

Chaupati
safha napa

अईएमई समूहको लगानीमा कैलालीको चिसापानीमा निर्माण थालनी भएको जालपादेवी केबलकार उद्योगमा दर्ता भएको छ।

विभाग स्रोतका अनुसार ४ अर्ब ४१ करोड १ लाख ५८ हजार रुपैयाँ कुल पुँजी रहेने प्रतिबद्धताका साथ केबलकार विभागमा दर्ता भएको छ।

ठूला उद्योगअन्तर्गत यही फागुन २५ गत‍े उद्योग विभागमा दर्ता भएको केबलबारमा वार्षिक १ लाख ६० हजारलाई सेवा दिइने उल्लेख छ।दर्ता अभिलेखमा १ सय ६० जनालाई रोजगारी दिने उल्लेख छ। केबलकारक शिलन्यास २०८१ पुस १३ गते परराष्ट्रमन्त्री आरजू राणाको उपस्थितिमा भएको थियो।

कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको लम्बाइ ३.१ किलोमिटर हुने छ।

जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने जनाइएको छ।

सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल सम्पन्न छ। सुदूरपश्चिम प्रदेशमा बन्ने केबलकार, होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुने अपेक्षा राखिएको उल्लेख गरिएको छ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने आईएमई समूहले विश्वास लिएको छ।

लम्कीचुहा नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।

केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन्।


६ चैत २०८१, बुधवार १६:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु