सुदूरपश्चिमका मुख्यमन्त्री शाहकाे प्रेस सल्लाहकारमा बम नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस तथा जनसम्पर्क सल्लाहकारमा पत्रकार डम्मर बहादुर बम नियुक्त भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका ७ हरदानीका बमलाई मुख्यमन्त्री शाहले सोमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

बम २०६२ सालदेखि पत्रकारितामा आबद्व छन् । धनगढीको सेती समाचार दैनिकबाट पत्रकारिता थालेका बमले धनगढी पोस्ट, अनुमोदन दैनिक, दिनेश एफएम, कोशेली एफएम, बिज एफएम लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ ।


४ चैत २०८१, सोमवार १२:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु