punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना, २५ भन्दा बढी घाइते

Chaupati
safha napa

चितवन। नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २५ जना भन्दा बढी घाइते भएका छन् । जिल्लाको भरतपुर-२९ गाईघाटमा रात्रीबस दुर्घटना हुँदा २५ भन्दा बढी घाइते भएका हुन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलबाट करिब २० मिटर तल खोल्सिमा खसेर दुर्घटना भएको हो ।

बस आज बिहान पौने पाँच बजे सेतीदोभानस्थित गाईघाटमा गाडीको टायर फड्किएर पुलबाट तल खसेर दुर्घटना भएको जनाइएको छ ।

घाईतेहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको नेपाल प्रहरी राजर्माग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली उद्धारको लागि खटिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


२७ माघ २०८१, आइतवार ०७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु