punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिकलसेल एनिमियालाई नियन्त्रण गर्न विद्यालयस्तरमा नै परीक्षण बढाउँन जरुरी छ : परराष्ट्रमन्त्री राणा

Chaupati
safha napa

धनगढी । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले सिकलसेल एनिमियालाई नियन्त्रण गर्न विद्यालयस्तरमा नै बिरामीमा सिकलसेल एनिमिया रोग भए / नभएको एकिन गर्न रगतको परीक्षण गर्न आवश्यक रहेको बताइन् ।

कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु संघ कैलाली आयोजनामा भएकोे प्रथम जिल्ला भेला लाई सम्बोधन गदै परराष्ट्रमन्त्री राणाले नेपालका आदिवासी थारू जातिमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमिया सम्बन्धी रोगबाट प्रभावितलाई राज्यले थप सुविधा दिनु पर्ने बताइन ।

यो रोग अमेरिका, अफ्रिका लगायत अन्य मुलकका निश्चित समुदायमा पनि देखिने गरेको हुदाँ यसलाई नियन्त्रण गर्न सकिने कुरामा मन्त्री राणाको जोड छ । सिकलसेल एनिमिया रोगलाई तत्काललाई नियन्त्रण गर्न समुदायस्तर र विद्यालयमा परिक्षण बढाउँन जरुरी रहेको उनको भनाई छ । राणाले भनिन् मेरो वचपन पनि बर्दियाको थारु गाउँमा वितेको हो, त्यसैले थारु समुदायलाई आफुले नजिकबाट चिन्ने मौका पाएको छु , त्यस्तै मन्त्री राणाले नेपालको मध्यपश्चिम क्षेत्रमा रहेको कमैया प्रथालाई मुक्ति गर्ने काम नेपाली काग्रेसले गरेको बताइन्।

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा रहेका कमैयालाई दासताबाट मुक्ति दिलाई सक्षम नागरिकका रूपमा पुनःस्थापना गर्ने काम नेपाली कांग्रेसले  गरेको स्मण गराउँदै राणाले अहिले पनि नेपालमा थारुको पक्षमा वकालत गर्ने पाटी कांग्रेस मात्रै रहेको दावी गरिन् । नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु संघ कैलाली आयोजनामा भएकोे प्रथम जिल्ला भेलामा केन्द्रिय सदस्य योगेन्द्र चौधरी, रामजनम चौधरी, नारायण मिश्र, जिल्ला सभापति नारायण भट्ट लयागतले सम्बोधन गरेका थिए ।


२६ माघ २०८१, शनिवार १९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु