धनगढीमा तीन दिने प्राकृतिक स्रोतमा आधारित व्यावसायिक मोडेल प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न

धनगढी । धनगढीमा तीन दिने प्राकृतिक स्रोतमा आधारित व्यावसायिक मोडेल प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न भएको छ ।

USAID को जल जंगल परियोजना धनगढीले  मंगलबार देखि आयोजना गरेको तालीमको आज बिहीवार समापन भएको हो  ।

तालीममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका ३० स्थानीय तहमा कार्यरत उ‌द्योग क्षेत्र हेर्ने ३० जना उद्यम विकास  सहजकर्ताहरु सहभागी रहेका थिए ।

यो परियोजनाले प्राकृति स्रोतमा आधारित उद्यम (प्राकृतिक उपहार स्वरुप प्रदान गरेका कच्चा पदार्थहरुको दिगो  प्रयोग गरी सो कच्चा पदार्थबाट उद्यम व्यवसाय संञ्चालन गर्नु) संञ्चालनमा रहेका वा संञ्चालन गर्न सकिने लघु साना तथा मझौला उ‌द्योगहरुको प्रर्वद्धन तथा विकास गर्नु प्रमुख उद्देश्य रहेको आयोजकले जानकारी दिए ।

जस अन्तर्गत उद्यमीहरुको आवश्यकता पहिचान गरी उद्यमशीलता विकास तथा वित्तीय साक्षरता तालीम , बजारीकरण, उपयुक्त प्रविधिमा सहजकिरण, सीप विकास तालीम , लघुवित्तमा पहुँच जस्ता कार्य गर्दछ ।
तालीमको उ‌द्देश्यहरु स्थानयि स्रोतको पहिचान गर्नु, संञ्चालनमा रहेका प्राकृतकि स्रोतमा आधारति उद्योगहरुको अवस्था पहिचान गर्नु ,उद्योग क्षेत्रमा स्थानीय तहको पहल कदमीबारे जानकारी । प्राकृतिक स्रोतमा आधारित  उ‌द्योगहरुको समस्या पत्ता लगाउने वा उद्यम विकास सहजकर्ताहरुको क्षमता विकास गर्नु,प्राकृतकि स्रोतमा आधारति उद्यमको दिगोपन  बारे जानकारी गराउने रहेको छ ।

तालिमको उद्घाटन प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश उ‌द्योग, वाणिज्य तथा उपभोक्ता हीत संरक्षण निर्देशनालयका निर्देशक सत्य राज जोशीले गर्नुभएको थियो भने अध्यक्षता USAID जल जंगल कार्यक्रम धनगढी कार्यालयका कार्यालय प्रमुख तथा लेन्ड स्केप टिम  लिडर भास्कर भट्टराईले गर्नुभएको थियो  ।


६ मंसिर २०८१, बिहीवार २१:०५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु