देउवा २५ गते गृहजिल्ला डडेल्धुरा आउँदै , यस्तो छ कार्यक्रम

धनगढी।पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति यहीँ महिनाको २५ गते गृहजिल्ला डडेल्धुरा आउने भएका छन्। सुरक्षा स्रोतका अनुसार उनी जिल्लास्थित विभिन्न मेला तथा पर्वमा सहभागी हुनका साथै पार्टी एवं राजनीतिक कार्यक्रमका लागि गृहजिल्ला आउन लागेका हुन्।

उनी अर्को महिनाको १ गतेसम्म जिल्लामै बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। यसक्रममा काँग्रेस कैलालीले भने नेता कार्यकर्तालाई २५ गते स्वागतको तयारी गर्न उर्दी नै जारी गरेको बताइएको छ।

त्यसपछि डडेल्धुरा गएर चौलोले प्रख्यात बडाल जात, उग्रतारा मेलालगायतमा देउवा सहभागी हुनेछन्।

यस्तै जोगबुढामा हुने आम भेलालाई पनि देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। देउवा मंसिर १ गतेसम्म डडेल्धुरा बस्ने कार्यक्रम रहेको जनाइएको छ।

 


२३ कात्तिक २०८१, शुक्रवार ०९:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु