punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाइने’

Chaupati
safha napa

कञ्चनपुर। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको काम सरकारी, निजी र दातृनिकायसँग सहकार्य गरी अगाडि बढाइने बताएका छन्।

बुधवार महेन्द्रनगरमा दैजी–छेला औद्योगिक क्षेत्रका बारेमा आयोजित छलफलमा बोल्दै उनले औद्योगिक क्षेत्रका नीतिगत, प्रक्रियागत समस्या हल गर्न वनमन्त्रालय र उद्योग मन्त्रालयबीच मन्त्रिस्तरीय छलफल भई समस्या समाधान गर्ने सहमति भएको जानकारी दिए।

औद्योगिक क्षेत्रका काम अगाडि बढाउन स्थापना भएको कार्यालयमा अधिकृतस्तरको कर्मचारी खटाउने तयारी भएको उनले बताए। औद्योगिक क्षेत्रका लगत सङ्कलन गरिएका रुख काट्ने काम अगाडि बढाइने उनको भनाइ छ।

राजस्व चुहावट रोक्न र दायरा बढाउन मन्त्री भण्डारीले कर्मचारीहरुलाई निर्देशन दिए। लागुऔषधको सीमापार क्षेत्रबाट हुने ओसारपसार रोक्न निगरानी बढाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ। कार्यक्रममा सहभागी पूर्वसंविधानसभा सदस्य कृपाराम रानाले दैजी–छेला औद्योगिक क्षेत्रका काम तत्काल सञ्चालन गर्न माग गरे। ‘कुनै पनि बहानामा विलम्ब गरिनु हुँदैन’, उनले भने, ‘काम सुरुगरी उद्योग स्थापनाको वातावरण सिर्जना गर्नुपर्छ।’

 


८ कात्तिक २०८१, बिहीवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु