punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

Chaupati
safha napa

पोखरा। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ।

कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय  पुरा भएकोले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो। आज उनलाई म्याद थपकालागि अदालतमा उपस्थित गराइने कास्की प्रहरीले जनाएको छ ।

लामिछानेलाई आज दोस्रोपटक म्याद थपकालागि अदालत उपस्थित गराइदैछ । उनिमाथी अरु अनुसन्धानको प्रक्रिया भइरहेको छ। लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए। सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जोशीलाई पनि आज म्याद थपकालागि अदालत उपस्थित गराइदैछ ।

 


८ कात्तिक २०८१, बिहीवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु