दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम केही महिनाभित्रै अघि बढ्छ : मन्त्री भण्डारी

कंचनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम केही महिनाभित्रै अघि बढ्ने बताएका छन् ।

दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको आज निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केही महिनाभित्रै निर्माणको काम शुरू गरिने उनले बताए ।

उनले भारत सरकारले पनि सुख्खा बन्दरगाह चाँडो सम्पन्न गर्ने विषयमा चासो राखेकाले छिट्टै निर्माण सम्पन्न हुने बताए ।

यस्तै मन्त्री भण्डारीले सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेको बताए । उनले यी नाका खुल्ने बित्तिकै सुदूरपश्चिम मात्रै नभइ सिङ्गो देशले आर्थिक फड्को मार्नेमा विश्वास व्यक्त गरे ।


७ कात्तिक २०८१, बुधवार १४:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु