आरोपित प्रहरी हवल्दारको मोबाइलमा बेपत्ता किशोरीको तस्बिर भेटियो

बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की अन्दाजी १७ वर्षीया बेपत्ता किशोरीका तस्बिर आरोपित हवल्दारको मोबाइलमा भेटिए पछि किशोरी बेपत्ता पारेको ४ दिनपछि हिजो बेपत्ता किशोरीका आफन्तबाट किशोरी बेपत्ता पारेको आरोप लगाएका बरिष्ट प्रहरी हवल्दार कृष्णराज जोशीको नाममा किटानी जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीलाई हिजो दिउँसो २ बजे बेपत्ता किशोरीका आफन्तले हवल्दार जोशीको नाममा किटानी जाहेरी दिएका हुन । किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता बनाएको भन्दै बेपत्ता किशोरीका बुबाले हिजो दिउँसो किटानी जाहेरी दिएका हुन । बेपत्ता किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा बेपत्ता किशोरीका आफन्तले आरोप लगाएका बैतडीको पञ्चेश्वर गाउँपालिका –२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट हवल्दार कृष्णराराज जोशी रहेका र सोही किटानी जाहेरीको आधारमा कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


१ कात्तिक २०८१, बिहीवार १२:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु