कैलालीमा तीन फरार प्रतिवादी पक्राउ

कैलाली।कैलीमा ज्यान मार्ने उद्योगका दोषीसहित तीन जना पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष पाँच महिना तीन दिन कैद सजाय र २५ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१६ का २७ वर्षीय धर्मसिंह बोहरालाइ बुधबार प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै, चोरी मुद्दामा १ महिना कैद सजाय र ४५ हजार ८ सय जरिवाना तोकिएका गोदावरी नगरपालिका–८ का ३५ वर्षीय गंगाराम चौधरी र चोरी मुद्दामै २३ दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका–१का २५ वर्षीय बिनित बडुलाइ बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।


१ कात्तिक २०८१, बिहीवार १२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु