कैलालीको अत्तरियाबाट महेन्द्रनगर जादै गरेको विंगर दुर्घटना हुँदा चार जना घाइते

धनगढी । कञ्चनपुरमा शनिवार एउटा विंगर (भ्यान) दुर्घटना भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–५, वन समिति नजिक पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२००१ ज ०४९१ नम्बरको यात्रुवाहक विंगर (भ्यान) दुर्घटना भएको हो।
विंगर (भ्यान) कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै थियो। तीव्र गतिको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । भ्यानमा १० जना यात्रु सवार थिए। तीमध्ये ४ जना यात्रु सामान्य घाइते भएका छन्।
१९ असोज २०८१, शनिवार २३:०२ बजे प्रकाशित