दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालन

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि  यातायात पुर्णरुपमा अवरुद्ध भएको थियो । सडकको मर्मतपछि बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

उक्त सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको  छ। तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।


१९ असोज २०८१, शनिवार ११:०९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु