धनगढीमा आधुनिक पार्क बन्दै

कैलालीको धनगढी उपमहानगरपालिकामा आधुनिक पार्क बन्ने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर  १ मा पार्क बन्ने भएको हो । पार्क निर्माणको प्रक्रियालाई सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइले अघि बढाएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरण अन्तर्गत ब्लक १ देखि ७ सम्मको ठेक्का सम्झौता गरिएको छ ।

पहिलो चरणको काम पूरा गर्न ६ करोड ४६ लाख ८८ हजार रुपियाँमा ठेक्का सम्झौता भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । पार्कलाई बच्चा, वयस्क, वृद्ध र व्यावसायिक गरी चार भागमा विभाजन गर्ने जनाइएको छ।

उनले पार्क क्षेत्रको बाहिरी भागमा रात्रिकालीन बजार सञ्चालनका लागि पनि डिपिआरको तयारी पूरा भएको बताए ।


७ असोज २०८१, सोमवार १५:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु