देउवाको निवास अगाडी राखिएको शङ्कास्पद् वस्तुभित्र माटो

धनगढी: पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटिएको छ । गएराति १ बजे कालो झोलाभित्र तारसहितको शङ्कास्पद् वस्तु देउवा निवास अगाडि फेला परेको थियो । आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएर सो वस्तुलाई निष्क्रिय गर्दा झोलामा रहेको कुकरभित्र माटो फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


९ भदौ २०८१, आइतवार १५:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु