punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नगर प्रमुख शैक्षिक सुधार कोषमा कृषि बिकास बैंकले गर्‍यो पाँच लाख सहयोग

Chaupati
safha napa

धनगढी ।    धनगढी उपमहा-नगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषमा कृषि बिकास बैंकले आर्थिक  सहयोग गरेको छ ।

नगर प्रमुख शैक्षिक सुधार कोषमा बैंकको धनगढी शाखाले आज (आइतबार) पाँच लाख आर्थिक सहयोग गरेको हो।

नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका ९५ जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नगर प्रमुख गोपाल हमाललाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल गरिरहेको छ । उक्त कोषमा विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरिरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।


९ भदौ २०८१, आइतवार १७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु