punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट पुनः बस्दै

Chaupati
safha napa

सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः बस्दै छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी कार्यालय सानेमामा बिहान ११ बजे सुरु हुनेछ।

गएको साउन २३ गतेदेखि शुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो।

कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा प्रस्ताव पेश भएका छन्। ती प्रस्तावमाथि केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा मीनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, सरिता प्रसाई, रामजनम चौधरी, डा गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले धारणा राखेका थिए।

त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले  पनि बैठकमा बोलिसकेका छन्।

आजदेखि सुरु हुने बैठकमा बोल्न बाँकी नेताहरुले आफ्नो धारणा राख्नेछन्। बैठकमा महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका थिए।


७ भदौ २०८१, शुक्रवार १०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु