punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीपीएन बिना नै चल्न थाल्यो टिकटक

Chaupati
safha napa

भिडियो सेयरिङ प्ल्याटफर्म टिकटक नेपालमा सहजै चल्न थालेको छ। सरकारले १० महिनाअघि टिकटक बन्द गराएको थियो। तरपनि मानिसहरुले भीपीएन प्रयोग गरेर चलाइरहेकै थिए। टिकटक भीपीएन बिना पनि चलिरहेको छ। सरकारले टिकटक खुला गर्ने निर्णय गरेसँगै यो चल्न थालेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्‍बाट भने यो निर्णय हुन बाँकी छ।

गत वर्ष असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको थियो।

सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भएका छन्। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गत मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।


७ भदौ २०८१, शुक्रवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु