punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रक्तदान बारे सचेतना फैलाउन स्वयंसेवी रक्तदाता उपाध्यायले थाले अभियान

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रक्तदानबारे सचेतना फैलाउने उद्देश्यले स्वयंमसेवी रक्तदाता दिपक उपाध्यायले आजबाट औपचारिक अभियान थालेका छन् ।

अहिलेसम्म सुदूरपश्चिममै सबैभन्दा सर्वाधिक १०५ पटक रक्तदान गरिसकेका अभियन्ता एबम पत्रकार उपाध्यायले विभिन्न जिल्लाबाट उपचारका लागि धनगढी आउदा रगत चाहिने बिरामीहरुलाई सहज रुपमा रगत उपलब्ध होस् भन्ने ध्येयले शुक्रबारदेखि अभियान शुरु गरेको बताए ।

अभियानको प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र मन्त्रालयका प्रवक्ता हेमराज खड्काले संयुक्त रुपले थालनी गरेका छन् । उनीहरु दुवै जना सामाजिक विकास मन्त्रालय र सेती प्रादेशिक अस्पतालमा रक्तदान सम्बन्धी जानकारी मुलक बोर्ड राखेर अभियान सुरु भएको घोषणा गरेका हुन् ।

प्रदेश सरकारले सुदुरपश्चिमका जनताका लागि शुरु गर्न लागेको “नि:शुल्क रगत” अभियानलाई यो कार्यक्रमले सहज बनाउने सामाजिक बिकास मन्त्री खडकाले बताए । उनले रगत नि:शुल्क मात्रै गरेर नहुने बताउदै यसकालागी धेरै भन्दा धेरै रक्तदाताहरु जोडिन आवश्यक रहेको बताए ।

मन्त्रालयका प्रवक्ता खड्काले अभियान अन्तरगत धनगढीका विभिन्न अस्पताल, मन्त्रालय, कार्यालय तथा विभिन्न सार्वजनिक स्थानमा सचेतनामुलक सन्देशसहितको बोर्ड राखिनेछ । अभियानले रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि हुने, रक्तदाताको संख्या बृद्धि हुने र त्यसले रगत चाहिने बिरामी र तिनका आफन्तहरुलाई सहज हुने विश्वास लिइएको बताए ।


२५ साउन २०८१, शुक्रवार १८:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु