काठमाडौंमा पुलबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । गोकर्णेश्वर माकलबारी स्थित सानो पुल बाट बागमती नदीमा खसेर एक पुरुषको मृत्यु भएको छ ।

बुधबार साँझ पुल तर्ने क्रममा लडेर नदीमा खसेका उनलाई स्थानीयले उद्वार गरि उपचारका लागि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल लगेका थिए ।

उनको उपचारकै क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले मृतकको साथमा भएको डायरी र अन्य कागजको आधारमा नजिकका आफन्तसँग सम्पर्क गर्ने प्रयास गरिरहेको बताएको छ ।

हालसम्म मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।


१७ साउन २०८१, बिहीवार ०७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु