सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साडारीले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक व्यवस्थापन गर्न मुख्ममन्त्री सोडारीले प्रदेशसभा सचिवालयलाई बुधबार पत्र पठाएका छन् ।
मुख्यमन्त्रीको पत्रपछि विश्वासको मत लिने प्रयोजनका लागि शुक्रवार दिउँसो ४ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
संघीय सरकारमा प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले साथ छोडेर नेपाली बांग्रेससंग मिलेर नयाँ गठबन्धन सरकार बनाएपछि त्यसको असर प्रदेशमा पनि परेको हो ।
यहाँ प्रमुख प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले साथ छोडेपछि मुख्यमन्त्री सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
१६ साउन २०८१, बुधवार १४:१३ बजे प्रकाशित