सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ४५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
१४ साउन २०८१, सोमवार १०:३१ बजे प्रकाशित