बसको ढोकाबाट खसेर महिला घाइते

डडेल्धुरा । बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोकाबाट खसेर महिला घाइते भएकी छन् ।
भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ को बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोकाबाट खसेर महिला घाइते भएको प्रहरीले जनाएको छ ।
बसको ढोकाबाट खसेर डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहरा घाइते भएकी हुन् ।
आपतकालीन ढोका भाँचिदा खसेर घाइते भएकी बोहराको अहिले माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ ।
८ साउन २०८१, मंगलवार ११:०६ बजे प्रकाशित