पूर्व राज्यमन्त्री रायको घरभित्रै अज्ञात समूहद्वारा हत्या
जनकपुरधाम । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको घर भित्रै हत्या भएको छ ।
चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।
उनको हत्या भएको खबरपछि घटनास्थल पुगेको प्रहरी टोलीले पुगेर अनुसन्धान अघि बढाएको छ ।
७ साउन २०८१, सोमवार ०८:३५ बजे प्रकाशित