अस्पतालकी लेखा अधिकृत घुससहित रंगेहात पक्राउ

भरतपुर । विपी कोइराला मेमोरयिल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला आइतबार घुससहित पक्राउ परेकी छिन् ।

उनलाई नगद १ लाख पचास हजार र ४ लाख पचास हजारको चेक सहित भरतपुर–४ कटहर चोकबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

औषधि आपूर्तिको रकम भुक्तानी दिए वापत घुस लिएको आरोपमा अख्तियारले उनलाई रङ्गेहात पक्राउ गरेको जनाएको छ ।


७ साउन २०८१, सोमवार ०७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु