सात लाख मूल्य बराबरको अबैध सामानसहित एकजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा झण्डै ७ लाख मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ ।

आज (आइतबार) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पाँच लाख ७५ हजार पाँच सय ४ रुपैयाँ र इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख ९५० गरेर करिब ६ लाख ७६ हजार ४५४ मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो।

औषधी, एक थान मोटरसाइकल, मदिरा, चप्पल, सुट, कुर्ती, तेल, चिनी र हार्डवेयरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भन्सार छलीमा संलग्न एक जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिएको जताएको छ ।


६ साउन २०८१, आइतवार १६:४५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु