ओली सरकारमा सुदूरपश्चिमबाट ४ जना मन्त्री, काँग्रेसबाट मात्रै ३ जना

धनगढी । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सुदूरपश्चिम प्रदेशबाट मात्रै चार जना मन्त्री बन्ने भएका छन् ।
ओली सरकारमा सुरुवातमा बन्न लागेका १९ जना मन्त्रीमध्ये सुदूरपश्चिमबाट ४ जना मन्त्री बन्ने पक्का भएको हो ।
ओली सरकारमा काँग्रेसको तर्फबाट सुदूरपश्चिमबाट आरजु राणा देउवा परराष्ट मन्त्री, कञ्चनपुर ३ बाट निर्वाचित रमेश लेखक गृह मन्त्री, बाजुराबाट निर्वाचित काँग्रेस सहमहामन्त्री बद्री पाण्डे संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री र एमालेका तर्फबाट बैतडीबाट निर्वाचित दामोदर भण्डारी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री बन्न लागेका हुन् ।
केही बेरमा राष्ट्रपतिबाट प्रधानमन्त्री ओलीसहित एमालेका ९ र उप–प्रधानमन्त्रीसहित काँग्रेसका १० जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
३१ असार २०८१, सोमवार ११:५७ बजे प्रकाशित