सुनको मूल्य आज सामान्य बढ्यो, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य सामान्य बढेको छ ।

सुन आज तोलामा एक सय रूपैयाँ बढ्दै प्रतितोला एक लाख ४४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

सुन बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


२१ असार २०८१, शुक्रवार ११:५२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु