वरिष्ठ पत्रकार भट्टको निधन

महेन्द्रनगर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ।

कञ्चनपुरको महेन्द्रनगर निवासी भट्टको आइतवार राति निधन भएको हो। उनी “फारवेष्ट टाईम्स”का प्रकाशक तथा सम्पादक थिए। भट्टको नेतृत्वमा फारवेष्ट टाईम्सले क्षेत्रीय पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेको थियो।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्षको रूपमा भट्टले देशभरका पत्रकारहरूको हक हितको लागि उल्लेखनीय काम गरेका थिए।


१७ असार २०८१, सोमवार १०:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु