सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्उ सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गएको शुक्रबार प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा करोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार सात सय ९० रुपैयँँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


१६ असार २०८१, आइतवार ११:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु