नगर प्रमुख विदेश भ्रमणमा भएपछि लम्कीचुहाको बजेट आएन

धनगढी । आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने क्रममा कैलालीको लम्की चुहा नगरपालिकाकी प्रमुख सुशीला कुमारी शाही भने विदेश भ्रमणमा गएकी छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेश गरिसकेको नगरपालिकाले आज (असार १०) भित्रै ल्याइसक्नुपर्ने बजेट भने ल्याउन सकेन ।
नगर प्रमुख शाही विदेशबाट फर्केपछिमात्र नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ल्याइने तयारी गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट असार २५ गते सभामा पेश हुने नगर उपप्रमुख जुना थारुले जानकारी दिइन् ।
१० असार २०८१, सोमवार १६:५८ बजे प्रकाशित