घोडाघोडी नगरपालिकाको आगामी वर्षको बजेट ९७ करोड ४४ लाख
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ ।
सोमबारे भएको नगरसभामा नगरपालिकाका उपप्रमुख गुलिया कुमारी चौधरीले ९७ करोड ४४ लाख ८७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन् ।
सो बजेटमाथिको छलफलमा कार्यपालिका सदस्यहरुले भाग नलिएपछि सर्वसम्मति ढंगले पारित गरिएको छ ।
१० असार २०८१, सोमवार १६:३७ बजे प्रकाशित













