कैलारी गाउँपालिकाले ल्यायो ७७ करोड २१ लाख रुपैयाँको बजेट

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट सार्वजनिक गरेको छ ।

सोमबार भएको गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरीले आगामी आर्थिक वर्षका लागि ७७ करोड २१ लाख १२ हजारको बजेट सार्वजनिक गरेकी हुन् ।

जसमा संघीय सरकारबाट ६५ करोड ५२ लाख ८ हजार, प्रदेश सरकारबाट २ करोड ९६ लाख ६७ हजार, गाउँपालिका आन्तरिक आय २ करोड ५६ लाख ५० हजार र गैरसरकारी संघ संघको कार्यक्रम ६ करोड १५ लाख ८७ हजार गरी कुल ७७ करोड २१ लाख १२ हजार रुपैयाँमा रहेको छ ।

त्यसैगरी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी अधिवेशनको सुरुवातमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


१० असार २०८१, सोमवार १६:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु