सुनको मूल्य आज ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ ।

सुन आज तोलामा दुई हजार सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गत शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


९ असार २०८१, आइतवार ११:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु