सन्दीप वेष्ट इन्डिज पुगे, लेखे- ‘हेलो फ्रम वेस्ट इन्डिज’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् ।

आफूलाई विश्वकपका लागि अमेरिकाको भिसा प्राप्त गर्नका लागि प्रयास गर्ने नेपाल सरकार, क्यानलगायत सबैलाई धन्यबाद दिएका छन् ।

अमेरिकामा भिसा नलागेपनि अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

साथै उनले क्यान अध्यक्ष चतुरबहादुर चन्द र पारस खड्काको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको पनि बताएका छन् ।


२८ जेठ २०८१, सोमवार ०८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु