बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गोठालाापानीबाट झुलाघाटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरको जिप दुर्घटना हुँदा भारतको पिथौरागढकी २१ वर्षीया मीना जोशीको मृत्यु भएको हो ।
दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । जसमध्ये दोगडाकेदार गाउँपालिका–६ की जानकी चुनारा, दशरथचन्द नगरपालिका–६ का ललीतराम टमट्टा र भारतको पिथौरागढका किसन पोहोरा गम्भीर घाइते भएका छन् ।
तीन जना सामान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए ।
घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप अनियन्त्रीत भएर दुर्घटना भएको बताइएको छ । प्रहरीका अनुुसार जिप सडकबाट ३० मिटर तल खसेको थियो ।
१६ जेठ २०८१, बुधवार १८:२८ बजे प्रकाशित