कैलालीको लालपुर बजारमा आगलागी
धनगढी । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर बजारमा आगलागी भएको छ।
लालपुर चौराह नजिकै केही सटरमा आगलागी भएको प्रहरीले जनाएको छ । एएटा सटरबाट लागेको आगो अन्य सटरहरुमा फैलिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
आगो नियन्त्रणका लागि अहिले एउटा दमकलसहित स्थानीय र प्रहरी खटिएका छन् । घटनाबारे पूर्ण जानकारी आउन बाँकी छ।
१६ जेठ २०८१, बुधवार १६:५९ बजे प्रकाशित