कञ्चनपुरको बेलौरीबाट ब्राउनसुगरसहित दुई जना पक्राउ
धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–७ कालोपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ तीन सय २० मिलिग्रामसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–७ मनहेरा बस्ने २८ वर्षीय प्रेम ठकुल्ला र २५ वर्षीय किरण बोहरा रहेका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले सुदूरपश्चिम प्रदेश ०१००९ प ११६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
१४ जेठ २०८१, सोमवार १७:४९ बजे प्रकाशित













