अबैध भन्सार छलिका सामानसहित मानिस पक्राउ
दार्चुला, जेठ ७ । दार्चुला नौगाड गाउँपालिका–६ स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान प्रहरीले बरामद गरेको छ ।
अस्थाई प्रहरी पोष्ट धुलिगडा, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले अन्दाजी ३८ हजार ५ सय मूल्य बराबरको ५५० किलोग्राम चिनी बरामद गरेको हो ।
साथै सोही गाउँपालिकाको वडा नम्बर ३ बस्ने ३३ वर्षीय केशव ठगुन्नाले चलाएको से. १ ज ६६० नम्बरको जिप पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
७ जेठ २०८१, सोमवार १६:५७ बजे प्रकाशित













