७ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

भोजपुर । भोजपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


२३ वैशाख २०८१, आइतवार १३:४७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु