punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

Chaupati
safha napa

धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानहरुबाट अबैध रुपमा भारतबाट नेपाल भित्रिरहेका भन्सार छलीका सामानहरु शबिार प्रहरीले बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट, वडा नम्ब्र १५ कनरी र टीकापुर नगरपालिका–१ नयाँबस्ती स्थित भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३४ हजार ५४० रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले प्राउन, पेय पदार्थ, बोईलर कुखुरा, माछा लगायतका सामानहरु फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै कञ्चनपुर प्रहरीले पनि शनिबार अबैध भन्सार छलीका सामान बरामद गरेको जनाएको छ ।

प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले पुनर्वास नगरपालिका–४ ‘घ’ गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २४ हजार ६०० मूल्य बराबरको बरामद गरेको हो ।

प्रहरीले टोलीले पेय पदार्थ, बोईलर कुखुरा, माछा लगायतका सामानहरु इलाका फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।


२३ वैशाख २०८१, आइतवार १४:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु