punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ब्राउनसुगरसहित धनगढीबाट ३ जना पक्राउ

Chaupati
safha napa

धनगढी । अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ धनगढी उपमहानगरपालिका–७ देबरियाबाट प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम पदार्थ बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


२३ वैशाख २०८१, आइतवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु