सुदूरपश्चिम महोत्सवमा पल शाहकाे ३ ताेला सुनको ब्रासलेट हरायो

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाहकाे ब्रासलेट हराएको छ ।

शनिबार महाेत्सवमा प्रस्तुति गर्ने क्रममा शाहकाे करिब ३ तोलाकाे सुनको ब्रासलेट हराएको हो ।
स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको हुनसक्ने अनुमान गरिएको छ । तर, कसले खोस्यो ? भन्ने कुरा  भने खुलेकाे छैन ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनी अहिलेसम्म नभेटिएकाे महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए ।

नायक शाहले भने ब्रासलेट हराएकोमा कुनै दु: ख व्यक्त नगरेको बताउँदै कुँवरले  त्यसलाई धनगढीको मायाका रुपमा लिएको दाबी गरेका छन् ।


१ पुस २०८०, आइतवार २१:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु