आजको मौमस: पहाडी भागमा आंशिक बदली, बाँकीको मौसम सामान्यतया सफा

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भागमा मौसम सफा रहनेछ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

तापक्रम घटिरहेकोले चिसोबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ।

 


१ पुस २०८०, आइतवार ०७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु