प्रधानमन्त्री प्रचण्ड धनगढीमा

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आइपुगेका छन् । उनी कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न यहाँ आएका हुन्।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जानेछन्।

उनको भादामा नै खाना खाने कार्यक्रम रहेको जनाइएको छ। त्यसपछि उनको धनगढी-१ मा सुदूरपश्चिम महोत्सव उद्घाटनको कार्यक्रम रहेको छ।


२२ मंसिर २०८०, शुक्रवार ११:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु